मेचीनगर, २० चैत । मेचीनगरको बौद्धमोडमा सचेतनामूलक सडक नाटक ‘मौन प्रश्नहरू’ d~rg गरिएको छ। मेचीनगर–२, स्थित बौद्धमोडमा सचेतनामूलक सडक नाटक ‘मौन प्रश्नहरू’ प्रस्तुत गरिएको हो।
नाटकले समाजमा अपाङ्गता सम्बन्धी भ्रम, भेदभाव र चुनौतीहरूलाई उजागर गर्दै जनचेतना फैलाउने उद्देश्य राखेको छ। यसमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, अवसर र सम्मानका विषयलाई सन्देशमूलक रूपमा प्रस्तुत गरिएको छ। कलाकारहरू कविता नेपाल, लोमस पौडेल, भावना न्यौपाने, दिक्षा मरासीनी, स्नेहा सुवेदी, हिलारी र्पोतेल, चिन्तन सुनार, हरि पोखरेल, राम बुढाथोकी र बिन्नु प्रसाईले नाटकमा उत्कृष्ट अभिनय गर्दै दर्शकको मन जितेका थिए।
आयोजककी संयोजक कविता नेपाल अनुसार, नाटकले समुदायमा सकारात्मक सोच विकास गर्न र अपाङ्गता भएका व्यक्तिप्रति सम्मान र समान व्यवहारको सन्देश प्रवाह गर्ने अपेक्षा राखेको छ।
नाटकको मञ्चनमा मेचीनगरकी उपप्रमुख मीना उप्रेती र मेचीनगर–२ का वडा अध्यक्ष दिपक बराल समेत उपस्थित थिए। कार्यक्रम आजबाट सुरु भई चैत २३ गतेसम्म मेचीनगरका १५ वटै वडामा मञ्चन हुने छ। प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, मेचीनगर नगरपालिका र करुणा फाउन्डेसन नेपालको सहकार्य रहेको छ भने प्राविधिक सहयोग राष्ट्रिय अपाङ्ग महासंघ नेपालको रहेको छ ।


















