धुलाबारी । मेची उद्योग वाणिज्य संघको निर्वाचनका लागि खेमराज प्रसाई नेतृत्वको उम्मेद्वारहरुको घोषणा गरिएको छ । एमाले, रास्वपा, कांग्रेस तथा राप्रपा निकटका व्यवसायी सम्मिलित उक्त समूहलाई साझा उम्मेदवार नाम दिइएको छ ।
आज धुलाबारीमा आयोजित पत्रकार सम्मेलनमार्फत अध्यक्षमा प्रसाईसहित सम्र्पूण पदाधिकारी र सदस्यहरुको उम्मेद्वारी घोषणा गरिएको हो ।
उक्त समूहबाट बरिष्ठ उपाध्यक्षमा आनन्द खड्का, उद्योग उपाध्यक्षमा भीम बहादुर कुवँर, वाणिज्य उपाध्यक्षमा तिलक थापा, महिला उपाध्यक्ष उषा श्रेष्ठ र महासचिव दिनेश शाक्यको उम्मेद्वारी घोषणा भएको हो ।
कार्यसमिति सदस्यहरुको खुला तर्फ मानकुमार कटुवाल, दिनेश पोख्रेल, सचिन निरौला, ललित अग्रवाल, फिरोज बराल, सुरज चौधरी, चन्द्र घोर्साई, बिजय गुप्ता उम्मेद्वार बनेका छन् । त्यस्तै महिला सदस्यहरुमा रमा आचार्य बस्नेत र मिरा कार्की उम्मेद्वार रहने अध्यक्षका उम्मेद्वार प्रसाईले पत्रकार सम्मेलनमा बताए ।
संघका वर्तमान अध्यक्ष समेत रहेका प्रसाईले आफुले सुरु गरेका केही काम पुरा गर्न पुन एक पटक संघको अध्यक्ष पदमा रहेर काम गर्न इच्छा भएकाले उम्मेद्वारी दिएको बताए । मेची उद्योग वाणिज्य संघको साधारण सभा बैशाख १९ (भोलि) र निर्वाचन बैशाख २६ गते गर्ने तय भएको छ । संघमा २११५ मतदाता सदस्य रहेका छन् ।

















