मेचीनगर । ज्येष्ठ नागरिक वडा समिति मेचीनगर–७, ले वडाका १ सय ५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । संविधानसभा सदस्य रविन कोइरालाको प्रमुख आतिथ्यतामा बुधवार आयोजित कार्यक्रममा उनीहरु सम्मानित भएका हुन् । “ज्येष्ठ नागरिकको सम्मान, राष्ट्रको पहिचान” भन्ने उद्घोषसहित भएको सो कार्यक्रममा ७० वर्षमाथि उमेर समूहका ज्येष्ठ नागकिहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।  

afb94a17-95ab-460d-9e48-48884fd85538

उक्त वडाको मोहन कित्तास्थित देवर्षी आश्रममा भएको कार्यक्रममा प्रमुख अतिथि कोइराला, विशिष्ट अतिथि मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती, मेचीनगर–७, का वडा अध्यक्ष प्रल्हदमणि ओली, ज्येष्ठ नागरिक समितिकी जिल्ला सदस्य रुक्मिणि पाठक, मेचीनगर अध्यक्ष हिम्मत क्षेत्री, प्रहरी नायव निरीक्षक मिलन राईलगायतले बोलेका थिए । वडाका ज्येष्ठ नागरिकहरुलाई संस्थाको आजीवन सदस्यता वितरण गरिएको कार्यक्रममा देवर्षी आश्रमका संरक्षक एवं अध्यक्ष यदुनाथ खनाललगायतको आतिथ्यता थियो ।

   cffe3921-711b-49b4-96d1-30d7183f993c

त्यसक्रममा कार्यक्रमको प्रायोजक संस्था मेदनी–बिनयी मैनाली प्रतिष्ठान मेचीनगर–७ ले ५० हजार रुपैयाँ बढीको दोसल्ला लगायतका सामग्री सौजन्य गरेको थियो । सामाजिक क्षेत्रमा क्रियाशील उक्त प्रतिष्ठानले यसअघि पनि समाजमा भएका विभिन्न कार्यक्रममा सहयोग गर्दै आएको छ ।  आयोजक समितिका अध्यक्ष पीताम्बर शर्माको अध्यक्षतामा भएको कार्यक्रममा शाब्दिक स्वागत प्रतिष्ठानका अध्यक्ष गणेशप्रसाद मैनाली र सन्चालन समितिका सचिव रामप्रसाद ढुंगेलले गरेका थिए ।