मेचीनगर । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारी तीव्र भइरहेका बेला मेचीनगर–६ काँकरभिट्टाका युवा नेता विशाल तामाङले श्रमिक कोटाबाट महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका छन्।
श्रमिक समुदायको हकहित र आवाजलाई पार्टीको नीति निर्माण तहसम्म प्रभावकारी रूपमा पु¥याउने उद्देश्यसहित तामाङले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन्। लामो समयदेखि मजदुर क्षेत्रमा सक्रिय रहँदै आएका तामाङले श्रमिकका समस्या, रोजगारीको सुरक्षा, सामाजिक न्याय तथा श्रमको सम्मानलाई पार्टीको प्राथमिकतामा राख्नुपर्ने धारणा राख्दै आएका छन्।
कांग्रेसको संशोधित विधानअनुसार श्रमिक, पेसागत क्षेत्र तथा विषय विज्ञबाट समेत महाधिवेशन प्रतिनिधि चयन गर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार श्रमिक क्षेत्रको प्रतिनिधित्व गर्दै तामाङले आफूलाई महाधिवेशन प्रतिनिधिका रूपमा अघि सारेका हुन्।
श्रमिक वर्गको सहभागिता र प्रतिनिधित्वले पार्टीको संगठनलाई थप समावेशी र बलियो बनाउने बताउँदै तामाङले मजदुरका वास्तविक मुद्दालाई पार्टीको नीति निर्माणको तहसम्म पु¥याउन आफ्नो भूमिका रहने प्रतिबद्धता जनाएका छन्।
कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने कार्यतालिका छ। मेचीनगरमा भने असोज १० गते धुलाबारीमा अधिवेशन हुँदैछ।

















