मेचीनगर । किरात याक्थुङ चुम्लुङ मेचीनगरको भवनका लागि जग्गा उपलब्ध गराउने दाता क्याप्टेन डम्बरबहादुर इधिङ्गोको ९ औं स्मृति दिवश मनाइएको छ । उनले किरात भवनका लागि साढे २ कठ्ठा जमिन निशुल्क दिएका थिए ।
मेचीनगर–७ स्थित किरात याक्थुङ चुम्लुङको भवनमा आज जग्गा दाता क्याम्टेन इधिङ्गोको ९ औं स्मृति दिवस मनाइएको हो ।
क्याप्टेन इधिङ्गोको २०७४ साल वैशाख २ गते हृदयघातका कारण निधन भएको थियो । स्मृति दिवशको प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङ लिम्बूवान प्रदेश सदस्य धनप्रसाद केरुङ थिए । त्यस्तै, विशिष्ट अतिथि जग्गादाता मैतमाया मावो इधिङ्गो रहेकी थिइन् ।
सो अवसरमा प्रमुख अतिथि चुम्लुङ लिम्बूवान प्रदेश सदस्य धनप्रसाद केरुङ, मेचीनगर १४ का वडा अध्यक्ष टेकबहादुर कन्दङ्वा, नगरका पूर्वअध्यक्ष हर्क फ्याक, पूर्व जिल्ला अध्यक्ष भरतबहादुर आङ्देम्बेलगायतले शुभकामना मन्तव्य राखेका थिए । 
कार्यक्रममा चुम्लुङका झापा जिल्ला अध्यक्ष हस्तबहादुर आङ्देम्बे, पूर्व अध्यक्ष दिलिपजंग आङदेम्बे, मेचीनगर ७ की जनप्रतिनिधि मिनमाया लिम्बूलगायतको आतिथ्यता थियो ।
स्मृति सभामा नगरमा रहेका २०८१ सालमा सामुदायिक विद्यालयका उत्कृष्ट दुई विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो । छात्रतर्फ मेचीनगर १३ स्थित दशरथचन्द माविका सनम लिम्बू र छात्रातर्फ दशरथकी सोनिहाङ बेघा लिम्बूले नगद ५÷५ हजार रुपैयाँ र सम्मान पत्र प«दान गरिएको थियो ।

क्याप्टेन डम्बरबहादुर इधिङ्गो अक्षय कोषबाट नगरमा रहेका सामुदायिक विद्यालयका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिँदै आएको छ ।चुम्लुङका नगर अध्यक्ष वीरबहादुर बेघाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष ओमप्रकाश खापुङ र सन्चालन सचिव राजेन्द्र इधिङ्गोले गरेका थिए ।

















